tv-star दिव्यंका त्रिपाठी र रागिनी खन्ना सिरियलमा काम गरेर चर्चामा आएका कलाकारहरुको विगत कस्तो थियो भनेर भारतीय सञ्चारमाध्यमले खोजी गरेका छन् । अहिले चर्चामा रहेका कलाकारमध्ये केही नृत्य प्रशिक्षक त कोही पर्वतारोही रहेको पाइएको छ ।
दिव्यंका त्रिपाठीः सानो पर्दामा इशित भल्लाको नामबाट परिचित छिन् दिव्यंका त्रिपाठी । उनी पर्वतारोही पनि हुन् ।
उत्तरकाशीमा रहेको नेहरु इन्स्िटच्युट अफ माउन्टेनियरिङबाट पर्वतारोहण प्रशिक्षण लिएकी छिन् उनले । यी सुन्दरी नायिका सुटिङकी गोल्डमेडलिष्ट पनि हुन् । सन् २००५ मा भएको मिस भोपालमा उनले उपाधी जितेकी थिइन् । अली असगर: टेलिभिजन दुनियाकी हजुरआमा भनिने अली असगर मुम्बईको इन्स्िटच्युट अफ होटल मेनेजमेन्टका विद्यार्थी हुन् ।
पढाई पूरा गरेलगत्तै विदेशको एक होटलमा काम पनि गरे । तर, उनलाई होटलको काम चित्त बुझेन र छाडे । असगरले सबैभन्दा पहिला दुरदर्शनबाट प्रशारण हुने सिरियल ‘एक दो तीन चार’ मा काम गरेका थिए ।
त्यसपछि पनि केही सिरियलमा काम गरेका अलीले असली पहिचान ‘कमेडी नाईट्स वीथ कपिल’ बाट बनाएका हुन् ।
दृष्टि धामी र दीपिका कक्कर
रागिनी खन्नाः रागिनी नाताले गोबिन्दाकी भतिजी हुन् । ‘ससुराल गेन्दा फूल’ बाट चर्चामा आएकी रागिनीले मुम्बई युनिभर्सीटीबाट कमर्समा मास्टर्स गरेकी छिन् । उनले अहिलेसम्म २५ भन्दा बढी विज्ञापनमा काम गरेकी छिन् ।दृष्टि धामी र दीपिका कक्कर दृष्टि धामी र दीपिका कक्कर दृष्टि धामीः अहिले दृष्टि सानो पर्दाको मधुबाला मानिन्छिन् ।
झलक दिखलाजाको छैठौ सिजनकी बिजेता बनेकी दृष्टि फिल्म उद्योगमा आउनुअघि नृत्य प्रशिक्षक थिइन् । सुनिल ग्रोवरः कमेडी नाइट्स वीथ कपिलमा गुत्थीको भुमिका निर्वाह गरेर चर्चामा आएका सुनील ग्रोवर यसअघि रेडियो जक्की थिए ।
रेडियो मिर्चीमा उनी ‘हंसी के फुंहारे’ कार्यक्रम प्रस्तुत गर्थे ।
करन मेहराः स्टार प्लसवाट प्रशारण भएको ‘ये रिश्ता क्या कहलाता’ वाट चर्चामा आएका थिए करन मेहरा । नेशनल इन्स्टीच्युट अफ फेसन टेक्नोलोजी अध्ययन गरेका करन सुरुमा सहायक निर्देशक थिए ।
उनले राजु हिरानी र रामगोपाल बर्माको केही फिल्ममा सहायक निर्देशक भएर काम गरेका थिए ।
दीपिका कक्करः टिभी सिरियल ‘ससुराल सिमर में’ मा सिमरको भुमिका निर्वाह गरेकी दीपिकाले ३ वर्ष एअरहोस्टेजको जागीर खाएकी थिइन् ।
उनको पहिलो सिरियल ‘देवी’ थियो ।