र्दियामा प्रदर्शनकारीसँगको झडपमा गोली लागेर प्रहरीका हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ। आन्दोलनकारीले कब्जा लिनका लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा भएको झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
मैनापोखरीमा भएको झडपमा आन्दोलनकारीबाट गोली चलाइएको थियो। उनीहरुले घरेलु हतियारसमेत प्रहरीमाथि प्रहार गरेका थिए। बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।
उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै अत्यधिक रक्तस्राप भएर मृत्यु भएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले घटनाको पुष्टि गरे। उनले घट्नाबारे अनुसन्धान भइरहेको बताए। इलाका प्रहरी कार्यलय मैनापोखरीका हवल्दार पान्डेको खुट्टामा गोली भेटिएको अस्पताल स्रोतले बतायो।
हवलदार पाण्डेको शरिरमा लागेको चोट हेर्दै प्रहरी अधिकृतहरु ।
No comments:
Post a Comment