Ads 468x60px

/>


आज कृष्णाष्टमी मनाइँदै धादिङका कृष्ण मन्दिरमा पनि विहानै देखि भत्तजनको भिड


ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी मङ्गलबार भाद्र कृष्णाष्टमीका दिन मनाइँदैछ ।
द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।
बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग गरेको प्रेमप्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् ९झुलनोत्सव०का रुपमा पनि
मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ ।
कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए ।
पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
सो अवसरमा महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति सङ्गीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

No comments:

Facebook Blogger Plugin: Bloggerized by Suresh Suresh darpan Suresh Darpan

Post a Comment